नेपालमा खेलाडीका लागि पहिलो विशेष उपचार केन्द्र?—नयाँ कार्यदलले खोज्ने उत्तर

ecopolinews.com

नेपालमा खेलाडीको स्वास्थ्यलाई लक्षित गर्दै विशेष स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालन गर्ने तयारी तीव्र बनेको छ। यसका लागि राष्ट्रिय खेलकुद निकायले नयाँ मोडेल, संरचना र सम्भावना अध्ययन गर्न ९० दिनको अधिकारसहित कार्यदल गठन गरेको छ।

कार्यदलको नेतृत्व डॉ. अभिषेक राज सिंहले गर्नेछन्। टोलीमा डा. घनश्याम पाण्डे र प्रशासनिक अधिकृत दोवे तामाङ सदस्यका रूपमा रहनेछन्। अध्ययन टोलीले खेलकुद क्षेत्रमा आवश्यक रहने उन्नत उपचार सेवा, अनुसन्धान संरचना, र भविष्यमा चल्न सक्ने अस्पताल मोडेलबारे प्रतिवेदन तयार गर्नेछ।

देशमा हालसम्म खेलाडीलाई समर्पित उपचार संयन्त्रको अभाव भइरहेकाले नयाँ केन्द्रले सामान्य उपचारदेखि विशिष्ट खेलकुद चोट व्यवस्थापनसम्म उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।

डॉ. अभिषेक पहिले राष्ट्रिय क्रिकेट टिमका मेडिकल संयोजक भइसकेका कारण उनको नेतृत्वप्रति खेल क्षेत्रका धेरैका नजर परेका छन्।

प्रतिक्रिया