न्यायपरिषद्को मङ्गलबार बसेको बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ। उच्च अदालतका चार न्यायाधीशलाई सिफारिस गरिएको हो।
वरिष्ठता समावेशिता र कानुन व्यवसायीको प्रतिनिधित्वलाई व्यवस्था गर्दै न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि चारजना न्यायाधीशको नाम सिफारिस गरेपछि सर्वोच्च अदालतभित्रै तीव्र विवाद सिर्जना भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज शर्माको अध्यक्षतामा बसेको परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु जनक पाण्डे गोकर्ण डाङ्गी र डाक्टर रत्नबहादुर बागचन्दलाई सिफारिस गर्ने निर्णय गरेपनि वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानले भने निर्णयप्रति कडा असहमति जनाउँदै फरक मत दर्ता गराएकी छन्। उच्च अदालतका मुख्य न्यायाधीशहरू राजनप्रसाद भट्टराई लालबहादुर कुँवर हरिप्रसाद भण्डारी र राजेश्वर तिवारी जस्ता अग्रपंक्तिका वरिष्ठ अधिकारीहरुलाई पन्छाएर जुनियर न्यायाधीशहरुलाई सर्वोच्चमा ल्याउने निर्णय भएपछि न्यायालय भित्र असन्तुष्ट झनै बढेको छ।pc:शिलापत्र