नवनियुक्त सञ्चारमन्त्री खरेलद्वारा कान्तिपुर आगजनीको स्थल अवलोकन, सञ्चार जगतमा हौसला

ecopolinews.com

काठमाडौं – नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा आगजनीबाट प्रभावित कान्तिपुर पब्लिकेसनको कार्यालय अवलोकन गरेका छन्। उनले प्रमुख कैलाश सिरोहियासँग भेटेर हिम्मत नहार्न हौसला दिएका छन्।

सञ्चारमन्त्रीको शपथ ग्रहणको भोलिपल्टै खरेल कान्तिपुर पुगेका हुन्। यस अवसरमा सञ्चार मन्त्रालयकी सचिव राधिका अर्याल पनि उनीसँग उपस्थित थिइन्। मन्त्री खरेलले सिरोहियालाई मन्त्रालयको तर्फबाट सम्पूर्ण सहयोगको आश्वासन दिंदै भने, “हिम्मत नहार्नुहोला। हामीलाई केही गर्नुपर्‍यो भने मन्त्रालयको ढोका सदैव खुला छ। यहाँहरूलाई लागेको कुरा भन्नुहोला। हामी फेरि उठ्नुछ, उठ्नेछौं।”

सिरोहियाले मन्त्रीको सहानुभूति र समर्थनको कदर गर्दै धन्यवाद व्यक्त गरे। उनले भने, “तपाईंहरूको सहानुभूति र ऐक्यबद्धताले हाम्रो टीमलाई धेरै हौसला मिल्यो। साँच्चिकै भन्नुपर्दा, मभन्दा पनि मेरो टोलीलाई स्यालुट

छ।”

प्रतिक्रिया