पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु, अपराह्नकालमा पिण्डदान गर्न धर्मशास्त्रविद्को सुझाव!

ecopolinews.com

दिवंगत पितृहरूप्रति श्रद्धा अर्पण गर्दै तर्पण, सिदादान र पिण्डदान गरिने सोह्र श्राद्ध (पितृ पक्ष) आज आश्विन कृष्ण प्रतिपदा तिथिदेखि औपचारिक रूपमा सुरु भएको छ। चाडपर्व तथा शुभ कार्यअघि पितृलाई सम्झिने वैदिक सनातन परम्परा अनुसार पशुपतिनाथ लगायत देशका विभिन्न तीर्थस्थलहरूमा आज बिहानैदेखि श्रद्धालुहरूको उपस्थिति रहेको छ।

धर्मशास्त्रविद्हरूका अनुसार सोह्र श्राद्धको पिण्डदान तथा तर्पण बिहान नभई अनिवार्य रूपमा अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय विधान छ। कुनै कारणवश आफ्ना पिताको तिथिमा श्राद्ध रोकिएमा आश्विन कृष्ण औँसी, कार्तिक कृष्ण औँसी वा वृश्चिक संक्रान्तिसम्म पनि गर्न सकिने विकल्प धर्मशास्त्रका ग्रन्थहरूमा उल्लेख छ। पितृ पक्षको समाप्तिसँगै नेपालीहरूको महान् पर्व बडादसैँ सुरु हुने गर्दछ।

प्रतिक्रिया