काठमाडौँको व्यस्त सहर र मुटु मानिने नयाँ बसपार्क, मित्रनगर-२९ मा विशुद्ध नेपाली स्वाद र पारिवारिक वातावरणसहित 'अर्गानिक सेकुवा कर्नर' सञ्चालनमा आएको छ। दिनहुँ हजारौँ युवाहरू रोजगारीको खोजीमा विदेशिने परिस्थितिका बीच लमजुङका एक उर्जाशील युवा व्यवसायी ईश्वर कँडेलले स्वदेशमै उदाहरणीय उद्यमको सुरुवात गर्नुभएको छ।
लमजुङको राईनास नगरपालिका-६ मा जन्मेर आफ्नै देशलाई कर्मभूमि बनाउने अठोटका साथ ठूलो लगानीमा स्थापित यस सेकुवा कर्नरले गाउँले स्वादलाई सहरमा पस्किने लक्ष्य राखेको छ। यहाँ पूर्ण रूपमा अर्गानिक र स्वास्थ्यवर्द्धक मासुका विभिन्न नेपाली परिकार तथा विशेष स्वादका सेकुवाहरू तयार पारिन्छन्। कोलाहलपूर्ण सहरमा पनि अत्यन्तै शान्त र पूर्ण पारिवारिक वातावरणमा रमाउँदै परिवारसहित खाना र खाजाका परिकारहरू खान मिल्ने उत्कृष्ट व्यवस्था यहाँ मिलाइएको छ।
आफू मात्र स्वरोजगार बन्ने नभई अन्य १५ जनालाई समेत प्रत्यक्ष रोजगारी दिएर युवा व्यवसायी कँडेलले देशमै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने गतिलो सन्देश दिनुभएको छ। एउटा उत्कृष्ट सुरुवातबाट माथि उठेर यस 'अर्गानिक सेकुवा कर्नर'को स्वाद र ब्रान्डलाई नेपालका ७७ वटै जिल्लामा विस्तार गर्ने उहाँको दूरगामी भिजन रहेको छ।
स्वदेशी उत्पादन र नेपाली परिकारको प्रवर्द्धनमा जुटेको यस सेकुवा कर्नरमा पारिवारिक जमघट, साथीभाइसँगको भेटघाट वा स्वादिष्ट परिकारको आनन्द लिनका लागि सम्पूर्णलाई स्वागत गरिएको छ। ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै अग्रिम अर्डर तथा टेबल बुकिङको समेत व्यवस्था गरिएको छ।
सम्पर्क तथा बुकिङका लागि: ९७०२८०४३४४ (9702804344)