काठमाडौँ, २०८२ कात्तिक १ गते — टाेखा नगरपालिका, सामाखुसी चोकस्थित अगाडि आज दिउँसो शाही युवा शक्ति नेपालद्वारा आयोजित “भ्रष्टाचारमुक्त समाज र सर्बोच्चता कायम गरौँ, ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गरौँ” भन्ने मूल नारासहितको जनदबाब मोटरसाइकल र्याली कार्यक्रम शान्तिपूर्ण कोणसभामा परिणत भएको छ।
कार्यक्रममा राप्रपा पार्टीका महामन्त्री धवलशम्शेर राणा, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, उपाध्यक्ष मनिराज थपलिया, राजाबादी अभियन्ता मनोेज शापकोटा, ATF सदस्य बिष्णु राजाबादी, राजाबादी गणेश भट्टराई, ललितपुर जिल्ला नेवा अध्यक्ष तथा नागरिक बचाउ अभियानका पूर्व जिल्ला संयोजक विजय खड्गी लगायतका नेताहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।
करीब १८० देखि २०० जना सहभागिहरूले कार्यक्रममा सहभागिता जनाउँदै देशमा स्थायित्व, राष्ट्रिय एकता र शाही व्यवस्थाको पुनःस्थापनाका लागि विभिन्न नाराहरू घन्काएका थिए।
कार्यक्रममा गुञ्जिएका प्रमुख नाराहरू:
राजा आउ, देश बचाउ!
जेन्जीको माग पूरा गर!
जय जय गोरख, जय जय काली!
हाम्रो देश, हाम्रो शान!
गणतन्त्र धोका हो!
हत्यारालाई कारबाही गर!
नारायणहिटी खाली गर, हाम्रो राजा आउँदै छन्!
उक्त कार्यक्रम मूल रूपमा २०८२ असोज २५ गते आयोजना गर्ने निर्णय गरिएको भए पनि बिविध कारणले स्थगित भई कात्तिक १ गते पुनः आयोजना गरिएको थियो। अन्ततः शान्ति र शिष्टताको वातावरणमा मोटरसाइकल र्यालीको सट्टा कोणसभा गरेर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक शाही युवा शक्ति नेपालले जनाएको छ।