सात दिनभित्र अतिक्रमण हटाउन काठमाडौं महानगर र विकास प्राधिकरणको कडा अल्टिमेटम

ecopolinews.com

काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई सात दिनभित्र संरचना हटाउन कडा निर्देशन दिएका छन्।

शुक्रबार संयुक्त रूपमा सूचना जारी गर्दै दुबै निकायले महानगर क्षेत्रभित्र र काठमाडौं जिल्लाभित्रका सिमाना जोडिएका स्थानहरूमा बनेका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना हटाउन सात दिनको समय दिएका हुन्।

यसअघि असोज २ गते बसेको संयुक्त बैठकले सार्वजनिक जग्गा अतिक्रमण रोक्न तथा मापदण्ड विपरीत बनेका संरचना हटाउने निर्णय गरेको थियो।

निर्देशनअनुसार तोकिएको म्यादभित्र सम्बन्धित व्यक्तिले आफ्नै पहलमा संरचना नहटाए कानूनी कारबाहीसहित जग्गा खाली गराइने महानगरपालिका र विकास प्राधिकरणले चेतावनी दिएका छन्।

दुवै निकायले राजधानीको सौन्दर्य, सरसफाइ र सार्वजनिक हितका लागि यो कदम आवश्यक रहेको उल्लेख गरेका छन्।


प्रतिक्रिया