रविन्द्र कट्टेल।
काठमाडौं ।देशव्यापी आन्दोलनको नेतृत्व गरिरहेको जेनजी पुस्ताले औपचारिक वार्ताका लागि प्रतिनिधि टोलि पठाउने तयारी थालेको छ। यसकै क्रममा अहिले डिस्कोर्डमा करिब ४५०० भन्दा बढी सदस्य सक्रिय छलफलमा संलग्न भएका छन्।
छलफलमा सहभागी युवाहरूले आन्दोलनको मागलाई सशक्तरूपमा प्रस्तुत गर्न सक्षम, निर्भीक र जनतामुखी प्रतिनिधि छनोट गर्ने लक्ष्य राखेका छन्। हालसम्म १५ जनालाई वार्ताका लागि पठाउने प्रस्तावबारे तीव्र बहस भइरहेको छ।
जेनजीका सदस्यहरूले स्पष्ट सन्देश दिएका छन्— “यो केवल नामका लागि वार्ता होइन, निर्णायक नतिजा ल्याउने वार्ता हो।” त्यसैले प्रतिनिधि चयन प्रक्रिया निकै सचेत र जिम्मेवार ढंगले अघि बढाइएको बताइन्छ।
विश्लेषकहरूका अनुसार, हजारौँ युवाको साझा मतसहित जाने प्रतिनिधि टोलीले सरकारसँग हुने सम्भावित वार्तालाई नयाँ दिशा दिन सक्छ।
२५ भदौ २०८२, बुधबार ०३:५५ मा प्रकाशित