जेनजी नेता सुदन गुरुङको सुझाव: "गगन दाइ, बुढा नेताहरूलाई अब पछि हटाउनुपर्छ"

ecopolinews.com
काठमाडौं । जेनजी आन्दोलनका अगुवामध्ये एक तथा हामी नेपालका संस्थापक सुदन गुरुङले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई "बुढा नेताहरू अब अगाडि आउन हुँदैन" भन्ने स्पष्ट सुझाव दिएका छन्।

शुक्रबार संविधान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवास पुगेका गुरुङले करिब ४ मिनेट मात्र गगन थापासँग भेटघाट गरेका थिए। अन्य कुनै नेतासँग भेट नगरेका उनले भेटपछि जारी गरेको भिडिओ विज्ञप्तिमा भने, “मैले गगन दाइलाई भनेँ– यस्तो तालले भएन दाइ, तपाईंहरूले जे गर्ने हो गर्नुस्, तर यी बुढाहरू यसरी आउन भएन।”

संविधान दिवसमा आयोजित विशेष कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, बाबुराम भट्टराईलगायत पुराना नेताहरूको बाक्लो उपस्थिति थियो।

गुरुङले संविधानले नै पुराना नेताहरूलाई सुरक्षित बनाएको भन्दै संविधान खारेज भए देश अभिभावकविहीन बन्ने चेतावनी दिए। उनले भने, “संविधान खारेज हुँदा राष्ट्रपति पनि नरहने भएकाले हामी संविधान बचाउनैतर्फ लागेका हौं।”

प्रतिक्रिया