काठमाडौं । दशैँ–तिहार नजिकिँदै गर्दा गहना किनमेल गर्ने ग्राहकहरूको भीड बजारमा बाक्लिँदै गएको छ। यस अवसरमा व्हाइट फेदरस् ज्वेलरी ले आफ्ना उत्कृष्ट उत्पादन र भरपर्दो सेवाका कारण धेरैको पहिलो रोजाइ बन्न सफल भएको छ।
सन् २०१७ मा स्थापना भई पाँच वर्षदेखि निरन्तर सेवा दिँदै आएको व्हाइट फेदरले काठमाडौंको खिचापोखरी, नयाँ सडकस्थित स्टोर र अनलाइन प्लेटफर्ममार्फत ग्राहकलाई चाँदी, रोडियम, हिरा तथा परम्परागत नेपाली गहना उपलब्ध गराउँदै आएको छ। यस्तै, चाँदीका भाँडाकुँडा र सुनका सिक्काले दशैँ–तिहारको किनमेललाई अझै विशेष बनाइदिन्छन्।
यो ब्रान्डको आकर्षक पक्ष भनेको आधुनिक प्रविधि र विश्वासिलो सेवा हो। अनलाइन ग्राहकले हजारौं झुम्का भर्चुअल ट्राइ–अनमार्फत लगाएर हेर्न सक्ने सुविधा पाउँछन्। साथै, आफ्नै डिजाइनअनुसार गहना बनाउन सकिने कस्टमाइजेसन सेवा पनि उपलब्ध छ। खरिदपछिको जीवनभर एक्सचेन्ज, १५ दिनभित्र सजिलो फिर्ता सुविधा, र तीन चरणमै पुराना गहना बेच्ने प्रणालीले ग्राहकलाई थप निश्चिन्त बनाउँछ।
उचित मूल्य, अद्वितीय डिजाइन र पारदर्शी कारोबारमा जोड दिएको व्हाइट फेदर अहिले हजारौं ग्राहकको विश्वास जितिसकेको छ। त्यसैले, यस दशैँ–तिहार नयाँ गहना मार्फत सौन्दर्य, परम्परा र विश्वासलाई जोड्न चाहनुहुन्छ भने व्हाइट फेदरस् ज्वेलरी नै तपाईँको सही रोजाइ हो।