एमालेलाई आज अनुमति किन नपर्ने?’ – प्रशासनको निर्णयले नयाँ जिज्ञासा बढायो

ecopolinews.com

काठमाडौं, मंसिर ५ — काठमाडौंमा शुक्रबार र शनिबार हुने नेकपा (एमाले) का दुई महत्वपूर्ण कार्यक्रमलाई लिएर प्रशासनले गरेको व्याख्या राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।

शुक्रबार बिहान ११ बजे कार्की ब्यांक्वेटमा हुने कार्यक्रममार्फत एमालेले ‘नेशनल भोलिन्टियर फोर्स’ घोषणा गर्ने तयारी गरेको छ, जसको घोषणा स्वयं अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। पार्टीले कार्यक्रमबारे प्रशासनलाई जानकारी गराए पनि अनुमति लिन आवश्यक नपर्ने स्पष्टिकरण सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले दिएका छन्।

रिजालका अनुसार, “कार्यक्रम इनडोर भएकाले छुट्टै अनुमति आवश्यक परेन।”

यसैबीच, शनिबार बागमती प्रदेश कमिटीले आयोजना गर्न लागेको जनसभाका लागि भने एमालेले आधिकारिक निवेदनसमेत दिइसकेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेलले जनसभामा शान्तिपूर्ण प्रदर्शन हुने भएकाले प्रशासनले आवश्यक प्रक्रिया अघि बढाएको बताए।

सहायक प्रजिअ रिजालले सेतोपाटीसँग भने,

“शनिबारको कार्यक्रम भृकुटीमण्डपभित्र हुनेगरी सहजीकरण गरिएको छ।”

एमालेका दुई दिनका यी कार्यक्रमले काठमाडौंको राजनीतिक तापक्रम फेरि तात्ने संकेत दिँदैछन्। शुक्रबार इनडोर बैठकमार्फत संगठन विस्तारको शक्ति प्रदर्शन र शनिबार खुलाप मा जनसमर्थन परीक्षण गर्ने एमालेको तयारीले राजधानी राजनीतिक तरंगमा छाएको छ।

प्रतिक्रिया