गृहमन्त्रीमा सुधन गुरुङको 'कमब्याक': "मिडिया ट्रायलले कसैको ज्यान नजाओस्, नागरिकको चरित्रहत्या सैह्य हुँदैन!"

ecopolinews.com

गृह मन्त्रालयको जिम्मेवारीमा पुनः फर्किएका गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणलगत्तै 'मिडिया ट्रायल' र नागरिकको चरित्रहत्याविरुद्ध निकै कडा रूपमा प्रस्तुत हुने कडा चेतावनी दिएका छन्। मन्त्रालयमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा उनले आफूमाथि हुने जस्तोसुकै राजनीतिक वा व्यक्तिगत आक्रमण सहन तयार रहेको तर आम नेपाली नागरिकलाई दुःख दिएको टुलुटुलु हेरेर नबस्ने स्पष्ट पारेका छन्।

गृहमन्त्री गुरुङका मुख्य सन्देशहरू:

चरित्रहत्याविरुद्ध कडा एक्सन: कुनै पनि नेपाली नागरिक र विशेषगरी चेलीहरूको चरित्रहत्या वा अपमान गर्ने प्रयास भएमा गृह मन्त्रालयले त्यसलाई अत्यन्त गम्भीर रूपमा लिने र कडा कारबाही गर्ने।

मिडिया ट्रायलप्रति चिन्ता: भ्रामक सूचना र मिडिया ट्रायलका कारण कसैले पनि आत्महत्याको बाटो रोज्नुपर्ने भयावह स्थिति आउन नदिने।

तथ्यमा आधारित आलोचनाको स्वागत: आफूलाई जतिसुकै प्रहार गरे पनि त्यसलाई थेग्न सक्ने, तर आलोचना वा समाचार तथ्यमा आधारित हुनुपर्ने र कुरालाई तोडमोड गर्न नपाइने।

नागरिकको सुरक्षा पहिलो प्राथमिकता: आफ्नो पुनरागमनले कतिपय दुःखी भए पनि आम नागरिकको सम्मान र सुरक्षामा कुनै प्रकारको सम्झौता नगर्ने दृढता।

सुधन गुरुङको यो कडा अभिव्यक्तिका साथ उनी साइबर अपराध, भ्रामक समाचार र नागरिकको व्यक्तिगत स्वतन्त्रता तथा सम्मानको विषयमा थप आक्रामक रूपमा अघि बढ्ने स्पष्ट संकेत देखिएको छ। pc:nepalpress

प्रतिक्रिया