नेपाली काँग्रेस १५औँ महाधिवेशनः भक्तपुर जिल्ला सभापतिमा जीवन खत्री निर्विकल्प दावेदार

ecopolinews.com

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति जीवन खत्री आउँदो १५औँ महाधिवेशनमा भक्तपुर जिल्ला सभापतिका सक्षम,प्रबल र निर्विकल्प दावेदारका रूपमा उदाएका छन्।पूर्व नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकाका प्रमुख  खत्री दीर्घ राजनीतिक अनुभव, जनसेवा प्रति समर्पण र व्यवहारिक नेतृत्वका कारण पार्टीभित्र सबै तहमा लोकप्रिय मानिन्छन्।

नेपाली कांग्रेसको जनमुखी सिद्धान्त — लोकतन्त्र,  सामाजिक न्याय र विकासमा आधारित समावेशी नीति — लाई व्यवहारमा उतार्दै खत्रीले भक्तपुरलाई ऐतिहासिक र सांस्कृतिक रूपमा मात्र होइन, आर्थिक र सामाजिक दृष्टिले पनि समुन्नत नगर बनाउने दृष्टिकोण अघि सारेका छन्।

उनका अनुसार भक्तपुरको विकासका लागि सशक्त स्थानीय सरकार, पारदर्शी प्रशासन र रोजगारीमुखी अर्थतन्त्र मुख्य आधार हुनेछन्। युवाहरूको क्षमता उपयोग, शिक्षा र स्वास्थ्य क्षेत्रमा समान पहुँच, तथा ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन विकास उनका प्रमुख प्राथमिकतामा पर्दछन्।

स्रोतका अनुसार जीवन खत्री पार्टीभित्र शेरबहादुर देउवा पक्षधर नेताका रूपमा परिचित छन्। तर उनी सबै कांग्रेसजन र लोकतान्त्रिक सोच भएका नागरिकलाई एकताबद्ध गर्दै “विकास र जनहितका साझा लक्ष्य” तर्फ उन्मुख छन्।


भक्तपुरको समग्र विकास, जनताको अधिकार र ऐतिहासिक नगरीको पहिचान सुरक्षित राख्न जीवन खत्रीको नेतृत्वलाई अबको नेपाली कांग्रेसले परिवर्तन र प्रगतिको मूल आधारका रूपमा हेरिरहेको छ।

प्रतिक्रिया