पूर्व सञ्चार सचिवमाथि श्रृङ्खलाबद्ध भ्रष्टाचारको छाया

ecopolinews.com

काठमाडौं । सञ्चार मन्त्रालयमा कार्यरत रहँदा पूर्व सचिव अर्यालको नाम विभिन्न निकायका बहुचर्चित भ्रष्टाचार प्रकरणसँग जोडिएको तथ्य सार्वजनिक भएको छ।

तत्कालीन GIDC (पछिल्लो नाम NITC वा हालको IDMCM–Integrated Data Management Center) मा सुनिल पौडेललाई प्रमुख कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय सचिव अर्यालकै पहलमा भएको बताइन्छ। पौडेल हाल २४ करोड रुपैयाँको “नेशनल पेमेंट गेटवे” घोटालामा दोषी ठहर भई कारागारमा रहेका छन्।

त्यसैगरी, सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशक रहेका विकल पौडेलसँग मिलेर सुरक्षा मुद्रण प्रेससम्बन्धी भ्रष्टाचारमा पनि अर्यालको संलग्नता देखिएको बताइन्छ। विकल पौडेलसमेत हाल भ्रष्टाचार मुद्दामा जेल जीवन बिताइरहेका छन्।

यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणमा टेरामक्स र एमडीएमएस प्रकरणले ठूलो चर्चा पाइरहेका बेला त्यसमा समेत सचिव अर्यालको भूमिका प्रश्नवाचक रहेको स्रोतहरूले जनाएका छन्।

यसरी सञ्चार मन्त्रालय र मातहतका संस्थामा भएका ठूला घोटालामा बारम्बार नाम जोडिँदा पूर्व सचिव अर्यालको छवि विवादित बनेको देखिन्छ।

प्रतिक्रिया