जेन–जेड समूहको घोषणा: “देशभरका युवाको एकता देखाउने शक्ति प्रदर्शन आउँदैछ”

ecopolinews.com

काठमाडौं । जेन–जेड समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। समूहका अगुवामध्ये एक मिराज ढुङ्गानाले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै निकट भविष्यमा देशभरका युवाको शक्ति एकै ठाउँमा प्रदर्शन गरिने जानकारी दिएका छन्।

ढुङ्गानाले भनेका छन्, “हामी कमजोर छैनौं। देशभरका सचेत र जागरुक युवाहरू अहिले एकताबद्ध भइसकेका छन्। यही एकता देशलाई नयाँ दिशा देखाउनेछ।” उनले शक्ति प्रदर्शनको मिति खुलाउन बाँकी रहेको उल्लेख गरे पनि तयारी तीव्र गतिमा भइरहेको संकेत दिएका छन्।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबारे आफूहरूले गहिरो अध्ययन र अनुसन्धान गरेको बताउँदै ढुङ्गानाले यस्तो प्रणाली निरंकुशतामा नजाओस् भनेर समाधानका उपाय समेत पत्ता लगाइएको दाबी गरेका छन्।

जेन–जेड समूहले पछिल्ला दिनमा राजनीतिक प्रणालीमा आमूल परिवर्तन र युवा नेतृत्वको आवश्यकतामाथि जोड दिँदै देशभर आफ्नो सञ्जाल विस्तार गरिरहेको छ।

https://www.facebook.com/share/r/17NMDYVKpL/

प्रतिक्रिया