आयोगको सनसनीपूर्ण ठहर: भाग्य न्यौपाने र हिमेश पन्तसहित ५ इन्फ्लुएन्सरले फैलाए 'जेन-जी' भ्रम

ecopolinews.com

काठमाडौँ, ११ चैत – 'जेन-जी' आन्दोलनको छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पाँच जना चर्चित सामाजिक सञ्जाल इन्फ्लुएन्सरहरूलाई भ्रामक सूचना फैलाएको आरोपमा दोषी ठहर्‍याएको छ। प्रतिवेदनका अनुसार उनीहरूले फैलाएका झुटो दाबीका कारण भदौ २४ गतेको आन्दोलन थप हिंसात्मक बनेको हो।

भ्रामक प्रचारका मुख्य "प्लट" हरू:

भाटभटेनीमा ३५ शव: चुच्चेपाटीस्थित भाटभटेनीमा ३५ जनाको कंकाल भेटिएको भनी चरम अफवाह फैलाइएको।

संसद् भवनभित्र लास: ३२ जना हराइरहेका प्रदर्शनकारी बानेश्वर संसद् भवनभित्र मृत फेला परेको भन्दै भीडलाई उत्तेजित बनाइएको।

प्रधानमन्त्री भागेको हल्ला: प्रधानमन्त्री केपी शर्मा ओली हिमालयन एयरलाइन्सबाट दुबई भागेको भनी एक विमान परिचारिकाको हवाला दिँदै गलत प्रचार गरिएको।

नेताहरूमाथि कुटपिटको 'फेक' भिडियो: कांग्रेस महामन्त्री गगन थापालाई भीडले घिसारेर पिटेको र उपप्रधानमन्त्री विष्णु पौडेल नदीमा हामफालेर भागेको जस्ता 'एनिमेटेड' वा गलत भिडियोहरू भाइरल बनाइएको।

दोषी ठहरिएका पाँच 'इन्फ्लुएन्सर':

१. भाग्य न्यौपाने

२. हिमेश पन्त (हास्य कलाकार/नेता)

३. शिव परियार

४. टंक दाहाल

५. सुजन ढकाल

आयोगले यी व्यक्तिहरूले आफ्नो 'फलोअर्स' को संख्यालाई दुरुपयोग गर्दै राज्य विरुद्ध घृणा फैलाउन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया