शीलतनिवासमा ऐतिहासिक सहमति : संसद विघटनपछि सुशीला कार्की पहिलो महिला प्रधानमन्त्रीको रूपमा शपथ

ecopolinews.com

काठमाडौं । लगातारको राजनीतिक रस्साकस्सीपछि अन्ततः शीतलनिवासमा ऐतिहासिक सहमति जुटेको छ । प्रमुख दलका नेताहरू, राष्ट्रपति र आन्दोलनकारी शक्तिबीच लामो वार्तापछि प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा पुगेका छन् ।

संसद विघटनसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको नेतृत्व दिने सहमति बनेको हो । कार्की आजै बेलुकी ८:४५ मा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने सम्भावना छ । प्रारम्भिक चरणमा उनको मन्त्रिपरिषद् तीन सदस्यीय हुने बताइएको छ, यद्यपि मन्त्रीहरूको नाम भने टुंगो लागिसकेको छैन ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान मिचिन सक्ने भन्दै संसद विघटन नगर्ने अडान लिएका थिए । तर जेन–जी आन्दोलन संसद विघटनको मागमा अडिग रहँदा, अन्ततः राष्ट्रपतिले कानुनी विद्हरूको परामर्शमा संविधान नमासिने गरी वैकल्पिक मार्ग निकाल्दै संसद विघटनमा सहमति जनाएका हुन् ।

योसँगै नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्ने अवसर सुशीला कार्कीले पाउने निश्चित भएको छ ।

प्रतिक्रिया