काठमाडौँ । अब नागरिक एपमा प्रयोगकर्ताको फोटो भेरिफिकेसन स्वचालित रूपमा हुने भएको छ। यसअघि म्यानुअल प्रणालीमार्फत हुँदै आएको भेरिफिकेसनलाई आधुनिक प्रणालीमार्फत स्वचालित बनाइएको नागरिक एपले जनाएको छ। भाद्र २४ गते भएको तोडफोडका कारण हाल नागरिक एपको सहायता केन्द्र अस्थायी रूपमा बन्द छ। यस क्रममा फोन वा इमेलमार्फत प्रत्यक्ष सेवा दिन नसकिएको स्पष्ट गरिएको छ। यदि कसैको फोटो अस्वीकृत भएमा प्रयोगकर्ताले एमआरपी साइजको डिजिटल फोटो पुनः अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ। नागरिक एपका अनुसार सहायता केन्द्रलाई छिट्टै पुनः सञ्चालनमा ल्याइनेछ।
१० असोज २०८२, शुक्रबार ०८:४५ मा प्रकाशित