इतिहास रचेको लमजुङ कांग्रेस: राइनस-५ मा सुष्मा भट्ट निर्विरोध वडा सभापति

ecopolinews.com

रविन्द्र कट्टेल - लम्जुङ्ग - नेपाली कांग्रेसको ऐतिहासिक १५औँ महाधिवेशनअन्तर्गत लमजुङ जिल्लामा जारी वडा अधिवेशनले नेपाली राजनीतिक वृत्तमा एक गौरवशाली र ऐतिहासिक कीर्तिमान कायम गरेको छ। जिल्लाभरका कुल ७५ वटा वडाको चुनावी अभ्यासमा एकमात्र महिला वडा सभापतिको रूपमा राइनस नगरपालिका वडा नम्बर ५ मा सुष्मा भट्ट सर्वसम्मत एवं निर्विरोध निर्वाचित हुनुभएको छ। पितृसत्तात्मक सोच र सीमित राजनीतिक अवसरलाई चिर्दै पुरुषहरूको वर्चस्व रहेको ठाउँमा उहाँले प्राप्त गरेको यो निर्विरोध विजयले महिलाहरूको सक्षम, सुदृढ र जुझारु नेतृत्व क्षमतालाई राष्ट्रियस्तरमा नै उचो बनाएको छ।


​कांग्रेसको यस महाअभियानले तल्लो तहदेखि नै लैङ्गिक समावेशिता र समतामूलक समाज निर्माणको बलियो सन्देश प्रवाह गरेको छ। पार्टीको महाधिवेशनको मूल मर्म र लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै राइनस नगरपालिका वडा नं. ५ मा देखिएको यो एकता र सर्वसम्मतिले सिङ्गो जिल्लाको राजनीतिक माहौललाई उत्साहित बनाएको छ। यस ऐतिहासिक र गर्विलो उपलब्धिको बारेमा टिप्पणी गर्दै नेपाली कांग्रेसका प्रभावशाली युवा नेता अरुण खनालले यो केवल एउटा वडाको विजय मात्र नभई नेपाली कांग्रेसभित्रको वास्तविक लोकतन्त्र र समावेशी अभ्यासको ठूलो जित भएको उद्घोष गर्नुभएको छ। उहाँले पार्टीको यस महाधिवेशनले महिलाहरूलाई नेतृत्वको अग्रपंक्तिमा उभ्याउन मार्गप्रशस्त गरेको बताउँदै, सुम्मा भट्टको यो सफलताले आगामी दिनमा अन्य महिलाहरूका लागि पनि राजनीतिमा सक्रिय हुने प्रेरणाको ठूलो ढोका खोलेको स्पष्ट पार्नुभयो।


​ऐतिहासिक १५औँ महाधिवेशनको यो लोकतान्त्रिक उत्सवले एकातिर पार्टी संगठनलाई चुस्त, दुरुस्त र जनमुखी बनाउँदै लगेको छ भने अर्कोतिर लमजुङको माटोबाट सक्षम र दृढ इच्छाशक्तिका धनी महिला नेतृलाई पार्टीको साँचो सुम्पिएर इतिहास रचेको छ। वडा सभापतिमा सुम्मा भट्टको यो निर्विरोध चयन र युवा नेता अरुण खनालको प्रेरणादायी वैचारिक अभिव्यक्तिको सुमेलले नेपाली कांग्रेसमा युवा र महिला सहभागिताको भविष्य अत्यन्तै उज्ज्वल र प्रगतिशील रहेको बलियो प्रमाण पेस गरेको छ। यस ऐतिहासिक विजयले सिंगो राइनस नगरपालिका मात्र नभई सम्पूर्ण लमजुङ जिल्लाको राजनीतिक इतिहासमा एक स्वर्णिम अध्याय थपेको छ।

प्रतिक्रिया