रविन्द्र कट्टेल - काठमाडौं ।नयाँ वर्ष २०८३ सालको पावन अवसरमा काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। सोही विशेष समारोहका बीच बारले आफ्नो नयाँ भित्तेपात्रो (क्यालेन्डर) समेत लोकार्पण गर्ने भएको छ।
कानून व्यवसायीहरूबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।
कार्यक्रमको विवरण:
मिति: २०८२ चैत्र ३० गते, सोमबार
समय: दिउँसो १:०० बजेदेखि ३:०० बजेसम्म
स्थान: काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको भवन, बबरमहल
बारका सचिव अधिवक्ता पुरुषोत्तम अर्यालद्वारा जारी गरिएको निमन्त्रणा पत्रमा सम्पूर्ण कानून व्यवसायीहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ। कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदानका साथै चियापानको समेत व्यवस्था गरिएको छ।
काठमाडौं जिल्ला अदालत बारले हरेक वर्ष नयाँ वर्षको पूर्वसन्ध्यामा आफ्ना सदस्यहरूबीच यस्ता रचनात्मक र सन्देशमूलक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यस वर्षको कार्यक्रमले पनि कानून व्यवसायीहरूबीचको व्यावसायिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।