भ्रष्टाचारविरुद्ध एक्सन’: घुस मागे सिधै प्रहरीलाई खबर गर्न गृहमन्त्री गुरुङको आह्वान

ecopolinews.com

काठमाडौं, १३ चैत २०८२ | #ecopolinews

गृह प्रशासनमा व्यापक सुधारको संकेत दिँदै नवनयुक्त गृहमन्त्री सुदन गुरुङले भ्रष्टाचार र घुसखोरीविरुद्ध 'एक्सन-ओरिएन्टेड' कार्ययोजना सार्वजनिक गरेका छन्। पदभार ग्रहणलगत्तै उनले सरकारी सेवा लिन जाँदा कसैले घुस मागेमा डराउनुको सट्टा तत्काल प्रहरीलाई खबर गर्न नागरिकहरूलाई आग्रह गरेका हुन्।

गृहमन्त्री गुरुङले कुराभन्दा काममा विश्वास गर्ने बताउँदै भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कार्यविधि र संयन्त्र बनाउने घोषणा गरेका छन्।

गृहमन्त्रीको सम्बोधनका मुख्य अंश:

तत्काल उजुरी: "कसैले पनि तपाईंलाई कुनै तरिकाको घुस माग्छ भने प्रहरी कहाँ भन्नुहोला। हामी त्यही अनुसार योजना बनाउँछौँ र कार्यविधि तय गर्छौं।"

प्रहरी परिचालन: "सेवा लिँदा कसैले पैसा मागेमा हामीलाई रिपोर्ट (Report) गर्नुस्। तपाईंको सूचनाका आधारमा हाम्रा प्रहरी मित्रहरू तत्काल परिचालन हुनेछन् र कडा कारबाही अगाडि बढ्नेछ।"

नतिजामुखी काम: "म धेरै नबोलिकन एक्सन-ओरिएन्टेड (Action-oriented) काम गर्नेवाला छु।"

प्रशासनिक शुद्धीकरणमा नयाँ मोड

गृहमन्त्रीको यो घोषणाले सरकारी अड्डाहरूमा हुने ढिलासुस्ती र बिचौलियाको बिगबिगी अन्त्य गर्ने अपेक्षा गरिएको छ। आजै मात्र भीआईपी सवारीमा सडक ठप्प पार्ने परम्परा अन्त्य गर्ने ऐतिहासिक निर्देशन दिएका गुरुङले अब प्रहरी प्रशासनलाई सिधै भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी ढंगले परिचालन गर्ने मार्गचित्र कोरेका हुन्।

प्रतिक्रिया