सानुकाजी प्रजापतिको ऐतिहासिक जित: यातायात क्षेत्रमा नयाँ युगको सुरुवात र सुधारको अपेक्षा

ecopolinews.com

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको गरिमामय निर्वाचनमा आदरणीय सानुकाजी प्रजापतिले वरिष्ठ उपाध्यक्ष पदमा अत्यधिक जनमतका साथ प्राप्त गर्नुभएको ऐतिहासिक र सानदार विजयप्रति हार्दिक बधाई तथा सफल कार्यकालको न्यानो शुभकामना व्यक्त गर्दछौं। उहाँको यो जित केवल एक व्यक्तिको सफलता मात्र नभएर सम्पूर्ण यातायात व्यवसायीहरूको हक, हित, लगानीको सुरक्षा र न्यायको पक्षमा उर्लिएको एक शक्तिशाली म्यान्डेट हो। उहाँको परिपक्व र ऊर्जाशील नेतृत्वले समग्र यातायात क्षेत्रलाई अझ सशक्त र मर्यादित बनाउनेछ भन्ने पूर्ण विश्वास लिइएको छ।

वर्तमान समयमा नेपाली यातायात क्षेत्र विभिन्न नीतिगत, संरचनागत तथा व्यावहारिक चपेटाबाट गुज्रिरहेको छ। वैज्ञानिक भाडादरको स्वचालित समायोजन हुन नसक्नु, सडक पूर्वाधारको दयनीय अवस्थाका कारण बढ्दो दुर्घटना, राज्यको अस्थिर र अव्यवहारिक यातायात नीति, अनि व्यवसायीहरूको अर्बौंको लगानी र लाखौं मजदुरहरूको रोजगारी सङ्कटमा पर्नु जस्ता गम्भीर चुनौतीहरू हाम्रासामु पहाड बनेर उभिएका छन्। यस विषम परिस्थितिमा उहाँको सबल नेतृत्वले यी तमाम समस्याहरूको स्थायी र दीर्घकालीन समाधान खोज्नेछ भन्ने गहिरो अपेक्षा सम्पूर्ण व्यवसायी तथा सरोकारवालाहरूले राखेका छन्।

वरिष्ठ उपाध्यक्षको रूपमा उहाँको आगामी कदम र कार्ययोजनाले यी चुनौतीहरूलाई चिर्दै यातायात क्षेत्रलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने दिशामा ठोस आकार लिनेछ। राज्यका सम्बन्धित निकायहरूसँगको निरन्तर समन्वय र कूटनीतिक पहलद्वारा यातायात व्यवसायीमैत्री ऐन र कानुन निर्माण गर्न उहाँको नेतृत्वदायी भूमिका निर्णायक हुनेछ। यसका साथै, सडक सुरक्षाको ग्यारेन्टी, यात्रुहरूको सुविधामा अभिवृद्धि, यातायात मजदुरहरूको सामाजिक सुरक्षा तथा सम्मानजनक जीवनयापनको सुनिश्चितता र समग्र सार्वजनिक यातायात प्रणालीलाई वैज्ञानिक ढाँचामा रूपान्तरण गर्न उहाँको स्पष्ट भिजन र अडानले नेपालको यातायात क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनेछ।

तपाईंको यो कार्यकालले यातायात व्यवसायीहरूको गुमेको साखलाई पुनस्र्थापित गर्दै सम्पूर्ण यातायात प्रणालीलाई एक सम्मानित उद्योगको रूपमा स्थापित गर्न सफल होस्। सानुकाजी प्रजापतिको यो कार्यकाल नेपालको यातायात क्षेत्रको इतिहासमा सुधार, रूपान्तरण र समृद्धिको स्वर्ण युगको रूपमा दर्ज हुन सकोस्। यहाँको सबल, ऐतिहासिक र परिणाममुखी कार्यकालको लागि पुनः एकपटक हार्दिक शुभकामना!

प्रतिक्रिया