राष्ट्रपतिको प्रेस वक्तव्य आयो

ecopolinews.com

"देश गम्भीर चुनौतीको घडीमा छ। संविधानको रक्षा, शान्ति, स्थायित्व र जनताको आकांक्षा पूरा गर्नु राज्यका सबै निकायको सर्वोच्च दायित्व हो।म युवा पुस्ताले उठाएका आवाजलाई सुन्छु र समावेशी संवादमार्फत समाधान खोजिनु जरुरी छ भन्ने विश्वास राख्छु।शान्तिपूर्ण तरिकाले राजनीतिक सहमति र साझा राष्ट्रिय हितका आधारमा अघि बढ्नु आजको आवश्यकता हो।राष्ट्र, संविधान र जनताको सुरक्षाप्रति कुनै सम्झौता हुने छैन।"देशको सार्वभौमसत्ता, संविधान र लोकतान्त्रिक मूल्यप्रति म पूर्ण रूपमा प्रतिबद्ध छु। वर्तमान परिस्थितिमा शान्ति, संवाद र सहकार्यमार्फत समाधान खोज्नु नै सबैभन्दा जिम्मेवार बाटो हो।

प्रतिक्रिया