काठमाडौं । कान्तिपुर टेलिभिजनले नयाँ निमित्त समाचार प्रमुखमा रूपेश श्रेष्ठलाई नियुक्त गरेको छ।
पूर्व समाचार प्रमुख विजय पौडेलको राजीनामापछि प्रबन्ध निर्देशक सम्भव सिरोहियाले श्रेष्ठलाई जिम्मेवारी दिने घोषणा गर्नुभएको हो। पौडेललाई बिदाइ गर्दै सिरोहियाले संस्थालाई अहिलेसम्मको उचाइमा पुर्याउन उनले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
श्रेष्ठ अघिल्लो दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आउनु भएको छ। उहाँ कान्तिपुर टेलिभिजनमा नायब समाचार प्रमुखका रूपमा कार्यरत हुनुका साथै अन्य सञ्चार माध्यमहरूमा पनि विभिन्न जिम्मेवारी सम्हालिसक्नुभएको छ। पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभएका श्रेष्ठ चर्चित कार्यक्रम फायरसाइड का प्रस्तोता पनि हुनुहुन्छ।
यसबीचमा, पदबाट अलग भएका पौडेलले आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ।