जेन–जी आन्दोलनको चेतावनी : घरबेटीले अब भाडा ५०% छुट दिनैपर्छ

ecopolinews.com

रविन्द्र कट्टेल

काठमाडौं ।देशभित्र जनताको पीडा चिरफार गर्दै अघि बढिरहेको जेन–जी आन्दोलन अब अर्को मोडमा पुगेको छ। भ्रष्टाचारविरुद्धको यो जनक्रान्तिले केवल सरकार र नेतामात्र होइन, सहरमा सामन्ती व्यवहार गर्ने घरबेटीहरूलाई समेत चेतावनी दिएको छ।

धनी–गरिबको भेद हटाई समानताको समाज बनाउने यो आन्दोलनले स्पष्ट सन्देश दिएको छ – अब जनतालाई दोहोलो पार्ने समय सकिएको छ।

सहरमा भाडामा बस्ने हजारौं विद्यार्थी, श्रमिक र सर्वसाधारण नागरिक वर्षौंदेखि घरबेटीहरूको मनपरीको सिकार बनेका छन्। मनलाग्दी भाडा बढाउने, नियम तोडेर जनताले नै जनतालाई ठग्ने प्रवृत्ति अब सह्य छैन।

आन्दोलनकारी युवाहरूको माग छ – नयाँ सरकार बनेर चुनाव सम्पन्न नहुन्जेलसम्म सम्पूर्ण घरबेटीहरूले भाडामा ५० प्रतिशत छुट दिनैपर्छ।

जेन–जी आन्दोलनले स्पष्ट चेतावनी दिएको छ :

“जनताको दुःखमा साथ नदिने, भाडामा छुट दिन अस्वीकार गर्ने घरबेटीहरूलाई अब जनता आफैंले चिन्नेछन्, सार्वजनिक गर्नेछन्, र सामाजिक दबाबमार्फत घुँडा टेकाउन बाध्य पारिनेछ।”

यो अब सामान्य निवेदन मात्र होइन, जनताको आदेश हो। लोकतन्त्र जनताको अधिकार हो भने घरबेटीहरूले पनि जनताको पीडा बुझ्नैपर्छ।

👉 अब समय आएको छ – भाडामा ५०% छुट दिनुहोस्, वा जनताको सामूहिक दबाबको सामना गर्न तयार रहनुहोस्।

प्रतिक्रिया