तुइन खोलानजिक पुनः ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

ecopolinews.com

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिक पुनः ढुंगा खस्न थालेपछि शुक्रबार बिहानदेखि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

भरतपुर सडक डिभिजनका अनुसार बिहानैदेखि लगातार ढुंगा खसिरहेकाले अहिले सम्म पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको हो।

‘ढुंगाहरू झर्ने क्रम रोकिएपछि मात्र मेसिन प्रयोग गरेर हटाउने कार्य सुरु गरिनेछ,’ सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।

उनका अनुसार वर्षातको समयमा उक्त क्षेत्रमा पहिरोको उच्च जोखिम रहने भएकाले यात्रु र चालकलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया