काठमाडौं, १५ असोज । अमेरिकाको सङ्घीय सरकार मङ्गलबार मध्यरातको समयसीमाभन्दा केही घण्टा अगाडि ‘शटडाउन’तर्फ अघि बढेको छ।
न्यूयोर्क टाइम्सका अनुसार, डेमोक्रेटहरूले रिपब्लिकनको अस्थायी फन्डिङ प्रस्तावलाई बारम्बार अवरुद्ध गरेपछि नयाँ बजेट पारित हुन नसकेको हो।
यसअघि सेप्टेम्बरमा पनि यस्तै गतिरोध भएको थियो। यदि बुधबार मध्यरातसम्म सहमति भएन भने राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा पहिलो पटक सरकारी फन्डिङ रोकिनेछ।
शटडाउन भएमा करिब ९ लाख संघीय कर्मचारी जबर्जस्ती बिदामा पठाइनेछन् भने सरकारी तलब र अन्य खर्च रोकिनेछ। यद्यपि, आपतकालीन सेवा, हवाई नियन्त्रण, सीमा सुरक्षा र स्वास्थ्यजस्ता सेवा भने निरन्तर रहनेछन्।
अमेरिकामा पछिल्लो ५० वर्षमा २० पटक शटडाउन भएको छ। सन् २०१९ को ३५ दिन लामो शटडाउन इतिहासमै सबैभन्दा लामो थियो, जसले अमेरिकी अर्थतन्त्रलाई ठूलो क्षति पुर्याएको थियो।