जनार्दन वर्षमान हेरेको हेरेई : दाहालको प्रस्ताव सर्वसम्मतिले पारित

ecopolinews.com

काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्ष पुष्पकमल दाहालले अघि सारेको केन्द्रीय कमिटी भङ्ग गरेर महाधिवेशन आयोजक समितिमा परिणत गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । दाहालले पार्टी रुपान्तरणका लागि विशेष महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव राखेका थिए, जसलाई बैठकले अनुमोदन गरेको हो । तर, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचनपछि मात्र महाधिवेशन गर्ने र कार्यवाहक अध्यक्ष आफूलाई दिने प्रस्ताव राखे पनि अस्वीकृत भएको छ । त्यस्तै, उपमहासचिव जनार्दन शर्माले पदाधिकारी सबैले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव पनि अस्वीकृत भएको छ । बैठकमा उठेका फरक मतबारे जवाफ दिँदै अध्यक्ष दाहालले श्रेष्ठ र शर्माका सुझावलाई विशेष महाधिवेशनसम्म छलफलका लागि लैजाने प्रतिबद्धता जनाएका छन् । साथै उनले नेतृत्व हस्तान्तरणको तयारी सुरु भइसकेकोले आफू अझै पदमा टाँसिन खोजेको भन्ने आशंका नगर्न आग्रह गरेका छन् । दाहालले पार्टी रुपान्तरणका बहसलाई तल्लो तहसम्म लैजान नेताहरुलाई निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया