काठमाडौं, असोज १२- ।नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले जेन–जी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूलाई गृह मन्त्रालयले कारबाही नगर्न निर्देशन दिएको भन्ने समाचारप्रति तीव्र आपत्ति जनाएका छन्।
बस्नेतले सामाजिक सञ्जालमार्फत सरकारलाई चेतावनी दिँदै भनेका छन्–
“रगत बगाउनेलाई न्याय नदिलाउने, राष्ट्रिय सम्पत्ति जलाउनेलाई सजाय नगर्ने र निजी सम्पत्तिको क्षति नपु-याउने अवस्था आयो भने प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यू, तपाईंहरूले ठूलो जनआन्दोलनको सामना गर्न तयार रहनुहोस्।”
उनले थप बताएका छन् कि युवाको रगत बगाएर र राष्ट्रिय सम्पत्ति खरानी बनाएर मन्त्री बन्नेहरूलाई इतिहासले कहिल्यै माफ गर्ने छैन। बस्नेतका अनुसार प्रहरीमार्फत प्रमाण संकलन भइरहेको अवस्थामा गृह मन्त्रालयबाटै कारबाही रोक्ने दबाब आउनु लोकतन्त्र र न्याय दुवैको खिल्ली उडाउने कार्य हो।
बस्नेतको चेतावनीले राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ भने सरकारको भूमिकाबारे थप प्रश्न उठेको छ।