बालाजु प्रहरी बृतबाट सेवा असम्भव भएपछि धर्मस्थली प्रहरी चौकीमार्फत सेवा सुचारु

ecopolinews.com

काठमाडौं । प्रहरी बृत बालाजुले तारकेश्वर नगरपालिका–६ धर्मस्थलीस्थित प्रहरी चौकीबाट सेवा सुचारु गरेको छ ।

गत २०८२ भाद्र २३ र २४ गते Gen-Z आन्दोलनका क्रममा बालाजुस्थित प्रहरी बृतको कार्यालयमा आगजनी भई पूर्ण क्षति पुगेपछि त्यहाँबाट सेवा सञ्चालन असम्भव भएको थियो ।

सोही कारण २०८२ भाद्र ३१ गतेदेखि प्रहरी बृत बालाजुको कामकाज धर्मस्थली प्रहरी चौकीमार्फत अघि बढाइएको हो। यस कार्यमा तारकेश्वर नगर प्रमुख कृष्ण हरि महर्जन, वडा नं.६ का वडा अध्यक्ष घनश्याम श्रेष्ठ, जनप्रतिनिधि, विभिन्न संघ–संस्था, स्थानीय युवा, बासिन्दा तथा दाताहरुले महत्वपूर्ण सहयोग गरेका छन्।

साथै, तारकेश्वर नगरपालिकाभित्र रहेका अन्य क्षतिग्रस्त प्रहरी चौकीहरु समेत सम्बन्धित वडा कार्यालय, स्थानीयवासी तथा सरोकारवालासँगको समन्वयमा चाँडै नै पुनः सेवा सुचारु गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया