नयाँ दिल्ली - भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले केन्द्र सरकारमाथि सामाजिक सञ्जालमा व्यापक सेन्सरसिप लागू गरेको र आलोचनात्मक आवाजहरूलाई नियन्त्रण गरेको गम्भीर आरोप लगाएको छ। इन्डियन एक्सप्रेस को एक खोजमूलक रिपोर्टलाई उद्धृत गर्दै कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि योजनाबद्ध प्रहार गरिरहेको बताएका हुन्।
प्रतिवेदन र कांग्रेसको दाबीका मुख्य बुँदाहरू:
- दैनिक १,२७५ वटा ब्लकिङ अर्डर:
मार्चदेखि जुलाई २०२६ को ५ महिनाको अवधिमा भारत सरकारले इन्स्टाग्राम, फेसबुक र युट्युब जस्ता प्लेटफर्महरूबाट सामग्री हटाउन करिब १ लाख ९५ हजार भन्दा बढी निर्देशन जारी गरेको जनाइएको छ। यो तथ्याङ्क अनुसार दैनिक औसतमा १,२७५ र प्रत्येक ६८ सेकेन्डमा एउटा सामग्री हटाइएको देखिन्छ। - इन्स्टाग्राम र युवाहरू मुख्य निशाना:
हटाइएका सामग्रीहरू मध्ये ५० प्रतिशतभन्दा बढी Meta को प्लेटफर्म बाट रहेका छन्। खर्गेका अनुसार यो कारबाही अपराधीहरू विरुद्ध नभई लोकतान्त्रिक अधिकार र प्रश्न सोध्ने युवा तथा विद्यार्थीहरू लक्षित छ।इन्स्टाग्राम - सेन्सरसिपको समय घटाइयो:
सरकारले 'सहयोग पोर्टल' (Sahyog Portal) मार्फत सामग्री हटाउने समय सीमा घटाएर ३ घण्टामा सीमित गरेको र स्वचालित (Automated) सेन्सरसिपका कारण कुनै मानिसले नपढीकनै सामग्रीहरू हटाइने गरेको आरोप खर्गेले लगाएका छन्। - संविधानमाथि प्रहार: लोकतान्त्रिक मुलुकमा नागरिकको असहमति र प्रश्न गर्ने अधिकार खोस्नु संविधान र अभिव्यक्ति स्वतन्त्रतामाथिको सीधा प्रहार भएको कांग्रेसले आफ्नो आधिकारिक
अकाउन्टमार्फत टिप्पणी गरेको छ।X (Twitter)
३ भदौ २०८३, बुधबार १०:१५ मा प्रकाशित