गभर्नरको बसोबासका लागि नेपाल राष्ट्र बैंकले ललितपुरमा उच्चस्तरीय घर भाडामा खोज्दै

ecopolinews.com
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलको बसोबासका लागि उच्चस्तरीय घर भाडामा लिन प्रस्ताव आह्वान गरेको छ। यसका लागि बैंकले आज सार्वजनिक सूचना जारी गर्दै ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा घर खोजिरहेको जनाएको छ।

बैंकले तोकेको मापदण्डअनुसार सो घर कम्तीमा १६ आनादेखि २४ आनासम्मको क्षेत्रफलमा बनेको हुनुपर्नेछ। त्यस्तै, आरसीसी स्टकचरसहित कम्तीमा १० हजार वर्ग फिट पिलिन्थ क्षेत्रमा निर्माण भएको घर, जसमा ६ वटा कार वा जिप पार्किङको सुविधा, १ मास्टर बेडरुमसहित कम्तीमा ४ बेडरुम, लिभिङ हल, किचन, डायनिङ हल तथा स्टोर रुम अनिवार्य रुपमा समेटिएको हुनुपर्ने सूचनामा उल्लेख छ।

यसबाहेक, सुरक्षा व्यवस्थाका लागि छुट्टै भवन, सुरक्षित कम्पाउन्ड वाल, कालोपत्रे सडकसँग जोडिएको पहुँच तथा विजुली, ढल निकास र खानेपानीजस्ता आधारभूत पूर्वाधारको सुविधा भएको अढाईदेखि तीन तलासम्मको घर हुनुपर्नेछ।

यस्ता मापदण्ड पूरा गर्ने घर भाडामा दिन इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूले नेपाल राष्ट्र बैंकको सम्बन्धित विभागबाट आवश्यक कागजात प्राप्त गरी यही असोज २७ गतेसम्म कार्यालय समयभित्र प्रस्ताव पेस गर्न सक्नेछन्।

प्रतिक्रिया