सपना होइन, कार्यान्वयनः विकास र स्थायित्वको भरोसा बोकेर अमित लामा चुनावी मैदानमा

ecopolinews.com


रविन्द्र कट्टेल - नेपालको कम्युनिस्ट आन्दोलनलाई संस्थागत गर्दै देशलाई विकास, समृद्धि र राजनीतिक स्थायित्वको मार्गमा अगाडि बढाउने ऐतिहासिक जिम्मेवारी बोकेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) आज पनि जनताको भरोसाको केन्द्र बनेको छ। त्यही भरोसाको निरन्तरताका रूपमा काभ्रे क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अमित लामा एमालेको झण्डा बोकेर चुनावी मैदानमा उत्रिएका छन्।

“सपना होइन, कार्यान्वयन” भन्ने स्पष्ट नारासहित अघि बढेका उम्मेदवार लामा विकासलाई नारामा होइन, योजनामा र परिणाममा देखाउने दृढ अठोटका साथ जनतामाझ पुगेका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास र सुशासनलाई प्राथमिक एजेण्डा बनाउँदै उनले काभ्रेको समग्र विकासका लागि ठोस खाका प्रस्तुत गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले विगतदेखि नै राष्ट्रियता, जनजीविका र समावेशी विकासका सवालमा निर्णायक भूमिका निर्वाह गर्दै आएको छ। सडक, पुल, विद्युत्, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा एमाले नेतृत्वका सरकारहरूले पुर्‍याएको योगदान आज देशभर देख्न सकिन्छ। त्यही विरासतलाई थप सशक्त बनाउँदै स्थानीय तहदेखि संघीय संसदसम्म विकासलाई तीव्रता दिने लक्ष्य एमालेले लिएको छ।

उहाँ भन्नुहुन्छ - कम्युनिस्ट आन्दोलन केवल सत्ता प्राप्तिको यात्रा मात्र नभई सामाजिक न्याय, समानता र श्रमिक वर्गको अधिकारका लागि गरिएको संघर्षको इतिहास हो। एमालेले यही आन्दोलनलाई लोकतान्त्रिक मूल्य र विधिसँग जोड्दै देशको राजनीतिक मूलधारमा स्थापित गरेको छ। स्थिर सरकार, बलियो अर्थतन्त्र र आत्मनिर्भर नेपालको अवधारणा एमालेकै नेतृत्वमा सम्भव भएको उहाँको विश्वास छ।

उम्मेदवार अमित लामाले युवालाई रोजगारी, किसानलाई उत्पादन र बजार, महिला तथा पिछडिएका समुदायलाई अवसर र सम्मान दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। “विकास सबैका लागि, अवसर सबैलाई” भन्ने मूलमन्त्रसहित उनले काभ्रेलाई नमुना जिल्लाका रूपमा विकास गर्ने लक्ष्य लिएका छन्।

देशले अब प्रयोग होइन, अनुभवी र कार्यान्वयन गर्न सक्ने नेतृत्व खोजिरहेको सन्दर्भमा एमाले र यसको उम्मेदवारप्रति जनआकर्षण बढ्दो छ। राजनीतिक स्थायित्व, दिगो विकास र समृद्ध नेपालको यात्रामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र अमित लामा जनताको विश्वासको बलियो आधार बन्दै अगाडि बढिरहेका छन्।

विकास, स्थायित्व र समृद्धिको लागि-काभ्रे क्षेत्र नं. १ बाट एमाले उम्मेदवार अमित लामालाई जिताऔँ।

प्रतिक्रिया