नाइटलाइफको नयाँ पहिचान बन्दै नोभा क्लब ठमेल, पहिलो वार्षिकोत्सव भव्य रूपमा मनाइँदै

ecopolinews.com

काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय तथा मनोरञ्जन केन्द्र ठमेलमा रहेको नोभा क्लबले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गरेको अवसरमा विशेष वार्षिकोत्सव मनाउँदैछ।

पहिलो वर्ष पूरा गरेको अवसरलाई क्लबले केवल उत्सवका रूपमा मात्र नभई आफ्नो एक वर्षे यात्राको उपलब्धि, ग्राहकको विश्वास र आगामी योजनालाई जोड्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।१९ अगस्ट २०२६ मा हुने वार्षिकोत्सवलाई भव्य, ऊर्जावान र अविस्मरणीय बनाउने तयारी गरिएको छ।

प्रिमियम म्युजिक, आकर्षक वातावरण र विश्वस्तरीय मनोरञ्जनको अनुभव दिने उद्देश्यसहित अघि बढेको नोभाले युवापुस्ता तथा आन्तरिक–बाह्य पर्यटकलाई लक्षित गर्दै आफ्नो सेवा विस्तार गरिरहेको छ।

पहिलो वार्षिकोत्सवका अवसरमा विशेष सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी ग्राहक, शुभेच्छुक, पर्यटन तथा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वलाई सहभागी गराउने तयारी गरिएको छ। वार्षिकोत्सवले नोभाको एक वर्षे यात्रालाई उत्सवमा परिणत गर्नुका साथै आगामी दिनमा अझ स्तरीय सेवा र नयाँ अनुभव प्रदान गर्ने प्रतिबद्धता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

व्यवसायलाई मनोरञ्जनसँग मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र सकारात्मक योगदानसँग जोडेर अघि बढाउने सोचले नोभाको यात्रालाई थप अर्थपूर्ण बनाउने विश्वास गरिएको छ।

“एक वर्षको यात्रा सुरुवात मात्र हो, अबको लक्ष्य अझ उत्कृष्ट सेवा, नयाँ अनुभव र ठमेलको नाइटलाइफलाई थप उचाइमा पुर्‍याउनु हो” भन्ने भावनासहित नोभाले आगामी यात्रालाई अझ प्रभावशाली बनाउने तयारी गरेको छ।

पहिलो वर्षको सफलतापछि नोभा क्लबले आगामी दिनमा अझ आकर्षक कार्यक्रम, स्तरीय सांगीतिक प्रस्तुति र विश्वस्तरीय वातावरणमार्फत काठमाडौंको मनोरञ्जन क्षेत्रमा आफ्नो प्रभाव थप विस्तार गर्ने लक्ष्य लिएको छ।

पहिलो वार्षिकोत्सवको अवसरमा नोभा क्लब तथा सञ्चालक विशाल तुलाचनलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना।

प्रतिक्रिया