देउवाका साला भूषण राणाको घरमा सीआईबीको छापा: शंकास्पद कागजात बरामद

ecopolinews.com

१२ असोज, काठमाडौं । नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको जावलाखेलस्थित घरमा प्रहरीले ठूलो संख्यामा बल प्रयोग गरी छापा मारेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले स्थानीय प्रहरीसहित घर घेराबन्दी गरी खानतलासी र बरामद कार्य अघि बढाएको पारिवारिक स्रोतले जनाएको छ।

भूषण राणा, देउवाकी पत्नी तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन्। उनीमाथि विगतदेखि नै केही विवादास्पद सम्झौता र डिलहरूमा ‘प्रतिनिधि’को भूमिका खेलेको आरोप लाग्दै आएको छ।

गोप्य सूचना प्राप्त भएपछि गरिएको यो छापाले कांग्रेस नेतृत्वसमेत राजनीतिकरूपमा असहज भएको विश्लेषकहरूको भनाइ छ। प्रहरीको कदमले सत्तासँगै जोडिएको शंका र शक्ति प्रयोगको दुरुपयोगसमेत उठान हुने देखिएको छ।

प्रतिक्रिया