निर्वाचन आयोग तयार : तोकिएको मितिमै निर्वाचन हुने

ecopolinews.com

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधि सभा विघटन, फागुन २१ गते चुनाव

काठमाडौं, २८ भदौ।

निर्वाचन आयोगले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउने तयारी पूर्ण रुपमा मिलाएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शनिबार बिहान नेपालखबरसँगको कुराकानीमा आयोग कुनै पनि अवस्थामा निर्वाचन गराउन तयार रहेको स्पष्ट पारे।

‘हामी निर्वाचन गराउन जहिले पनि तयारै छौँ,’ आयुक्त भण्डारीले भने, ‘मन्त्रिपरिषद् आकार लिएलगत्तै यस विषयमा ठोस छलफल हुनेछ। हाम्रो तर्फबाट आजैदेखि तयारी अघि बढाउँछौँ।’

अन्तरिम प्रधानमन्त्रीमा नियुक्त पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै आउँदो फागुन २१ गतेका लागि चुनाव मिति तोकिसकेका छन्। कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने म्यादसहित शुक्रबार प्रधानमन्त्री नियुक्त गरिएको हो।

यसैबीच, नयाँ मन्त्रिपरिषद् विस्तारबारे गृहकार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।

प्रतिक्रिया