काठमाडौँ । सरकारले प्रशासनिक संरचनामा ठूलो फेरबदल गर्दै ६० जना सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक यति ठूलो संख्यामा सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।
सरकारको यो कदमलाई सेवा प्रवाहलाई प्रभावकारी बनाउने, कार्यक्षमता अभिवृद्धि गर्ने तथा प्रशासनिक संयन्त्रलाई थप चुस्त–दुरुस्त बनाउने प्रयासका रूपमा हेरिएको छ। विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूलाई नयाँ जिम्मेवारीसहित सरुवा गरिएको छ।
राजनीतिक र प्रशासनिक वृत्तमा यो निर्णयलाई असाधारण मानिँदैछ, किनकि एकैपटक ६० सहसचिवको सरुवाले सरकारी कामकाजको दिशा र प्राथमिकतामा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।
सूची सहित
४ पुस २०८२, शुक्रबार ०७:२८ मा प्रकाशित