रास्वपाको कडा निर्देशन : निवर्तमान सांसदले रातो पासपोर्ट बुझाउनुपर्ने, नेताहरूले उपहार लिन नपाउने

ecopolinews.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना निवर्तमान सांसदलाई तत्काल रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ।

रास्वपा प्रवक्ता मनीष झाले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीका २१ जना निवर्तमान सांसदलाई आवश्यक दस्तावेज जतिसक्दो चाँडो बुझाउन अनुरोध गरेका छन्।

साथै, रास्वपाले सबै तहका नेताहरूलाई यस वर्ष चाडपर्वमा शुभकामना पत्रबाहेक अन्य कुनै किसिमका उपहार नलिन निर्देशन दिएको छ। पार्टीले जेनजी आन्दोलनका क्रममा ७५ जनाको सहादत भएको स्मरण गर्दै मुलुक शोकमा रहेको उल्लेख गरेको छ।

‘यस कारण पार्टीको ब्यानर र झण्डा प्रयोग गरी कुनै किसिमका चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न–नगराउन सबै तहका पार्टी संरचनालाई आग्रह गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया