कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी एसपीलाई गाडी नियन्त्रणमा लिएको भन्दै धम्क्याएको भनिएको अडियो प्रकरण प्रतिनिधिसभामा उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले संसद्मा विषय उठाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छन्। उनका अनुसार भन्सार अधिकृतले विभागीय महानिर्देशक, सशस्त्र प्रहरीका महानिरीक्षक तथा गृहमन्त्रीलाई समेत धम्क्याएको आरोप लागेको छ।
सांसद संग्रौलाले अडियोको सत्यता, घटनाको वास्तविकता र जिम्मेवार व्यक्तिमाथि भएको भनिएको दबाबबारे तत्काल छानबिन आवश्यक रहेको बताएकी छन्।
अब प्रश्न उठेको छ-एक भन्सार अधिकृतले उच्च सुरक्षा अधिकारीदेखि गृहमन्त्रीसम्मलाई धम्क्याएको भनिएको यो प्रकरणको वास्तविकता के हो?
८ असोज २०८३, बिहिबार ११:५० मा प्रकाशित