विश्वविद्यालयको शैक्षिक सुधारका लागि प्रधानमन्त्री बालेन शाहको सक्रियता: १८ उपकुलपतिसँग आज विशेष छलफल

ecopolinews.com

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मुलुकका उच्च शिक्षा प्रदायक संस्थाहरूको समस्या समाधान र शैक्षिक सुधारका लागि आज एक महत्वपूर्ण बैठक आह्वान गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे बस्ने उक्त बैठकमा प्रधानमन्त्री कुलपति रहने ११ वटा विश्वविद्यालय र ७ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूलाई सहभागी गराइँदैछ।

यस विशेष छलफलमा विश्वविद्यालयहरूमा रहेका समसामयिक समस्याहरू, प्रशासनिक अड्चन र तत्काल समाधान गर्न सकिने शैक्षिक मुद्दाहरूबारे गहन विमर्श हुनेछ। बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायतका सबै प्रमुख प्राज्ञिक निकायका नेतृत्वसँग प्रधानमन्त्रीले सिधा संवाद गरी शैक्षिक गुणस्तर वृद्धिका उपाय खोज्ने अपेक्षा गरिएको छ। नास्ट (NAST) र विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूको समेत उपस्थिति रहने यो बैठकलाई नेपालको उच्च शिक्षा क्षेत्रमा देखिएका अन्योल चिर्न र नयाँ कार्यदिशा तय गर्न एक निर्णायक कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया