काठमाडौँमा प्रहरीमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

ecopolinews.com

काठमाडौँ । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीप्रति अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङलाई प्रहरीले काठमाडौँ महानगरपालिका–१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो।

काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार तामाङले ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको थियो। सो घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीको टोलीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो।

प्रहरीले समाजमा कानूनको शासन र शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन निरन्तर खटिरहेका प्रहरी कर्मचारीको सम्मान गर्न सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया