यूएनमा जेलेन्स्कीको कडा चेतावनी : ‘पुटिन विश्वभर युद्ध फैलाउने केन्द्र हुन्’

ecopolinews.com

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघको महासभामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई विश्वभर युद्ध फैलाइरहेको व्यक्ति भन्दै कडा टिप्पणी गरेका छन्। उनले पुटिनलाई युद्धको ‘संक्रमण’ फैलाउने patient zero को संज्ञा दिँदै यसको प्रभाव रोक्न विश्व समुदायलाई थप दबाब दिन आग्रह गरे। 

जेलेन्स्कीले रुसको युद्ध वित्तपोषण गर्ने क्षमता कमजोर पार्न रुसी आम्दानी र उत्पादनमाथि दबाब बढाउनुपर्ने बताएका छन्। उनले युक्रेनले रुसी तेल उद्योगलाई लक्षित गर्नुको उद्देश्य पनि युद्धका लागि मस्कोको आर्थिक क्षमता कमजोर पार्नु रहेको बताएका छन्। 

उनको भनाइले यूएन महासभामा रुस–युक्रेन युद्धको प्रभाव र विश्वव्यापी सुरक्षा चुनौतीबारे नयाँ बहस चर्काएको छ।

प्रतिक्रिया