काठमाण्डौ – भ्रष्टाचार, बेथिति र नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा उत्रिएका जेन–जी आन्दोलनकारीमाथि प्रहरीले गोली प्रहार गरेको छ।
आन्दोलनका क्रममा प्रहरीको सुरक्षा घेरा तोड्दै संसद भवनतर्फ प्रवेश गरेका जेन–जीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। घटनामा एक दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्, जसको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी झडपका क्रममा दुई जना प्रहरीसमेत घाइते भएको प्रहरीले जनाएको छ।
यो घटनाले जेन–जीको आन्दोलनलाई झनै चर्काउने संकेत देखिएको छ।
२३ भदौ २०८२, सोमबार ०१:२९ मा प्रकाशित