खुसीको खबर: नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा, तर पृथ्वी राजमार्गका अन्य ११ स्थानमा अझै अवरोध!

ecopolinews.com

अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान ७ः५५ बजे खसेको पहिरो दिउँसो १२ः१५ बजे पन्चाइएपछि अहिले पोखरा र नारायणगढ दुवैतर्फका सवारी साधनहरू गन्तव्यतर्फ सहज रूपमा आवतजावत गरिरहेका छन्।

यद्यपि, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्ड अन्तर्गत शीलतबजार, कृष्णभीर, ज्यामिरेघाट चौकीभीर लगायतका ११ भन्दा बढी स्थानमा पहिरो खस्नुका साथै सडक भासिएकाले सवारी आवागमन अझै पूर्ण रूपमा सुरक्षित भइसकेको छैन। गोमती खोला क्षेत्रमा सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ भने हुग्दी खोलादेखि जवाङखोलासम्म साना पहिराहरू खसेकाले यस रुट भएर यात्रा गर्ने चालक तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

प्रतिक्रिया