मेयर वालेन शाह देश विकास पार्टीलाई सक्रिय राजनीतिमा अघि बढाउने

ecopolinews.com

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले ललितपुरको ज्वागलमा नयाँ पार्टी कार्यालय सञ्चालनमा ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहकार्यको सम्भावना टरेको निष्कर्षमा पुगेपछि उनले आफ्नै नेतृत्वमा राजनीतिक दल अघि बढाउने तयारीस्वरूप कार्यालय खोलेका हुन्।

साहको योजना ‘देश विकास पार्टी’लाई सक्रिय राजनीतिक शक्तिका रूपमा अघि बढाउने रहेको बताइएको छ। हाल लौरो चुनाव चिन्हसहित निर्वाचन आयोगमा दर्ता रहेको उक्त पार्टीको अध्यक्ष सन्ध्या खनाल रहेकी छन्। तर केही समयपछि पार्टीको नेतृत्व आफूले सम्हाल्ने रणनीतिमा मेयर साह रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया