४३ करोड गडबडी प्रकरण: महँगोमा किनिएको बिजुली र सेटिङको पर्दाफास

ecopolinews.com

काठमाडौं, ४ पुष २०८२ – भारतीय सरकारी कम्पनी एनटीपीसी विद्युत् व्यापार लिमिटेडले नेपाल विद्युत् प्राधिकरणलाई प्रतियुनिट ६.६० भारुमा विद्युत् बिक्री प्रस्ताव गरेको छ। यो दर हालसम्म प्राधिकरणले कुलमान घिसिङ र मनोज सिलवालको कार्यकालमा पीटीसी इन्डियासँग गरेको सम्झौताको दरभन्दा ५६ पैसा सस्तो हो।

जिल्ला दस्तावेज अनुसार, कुलमान–सिलवालको सेटिङमा पीटीसी इन्डियासँग प्रतियुनिट ६.९५ भारुमा विद्युत् खरिद गरिएको थियो। त्यसबाट प्राधिकरणलाई करिब ४३ करोड रुपैयाँको घाटा भएको पुष्टि भएको छ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई पुनर्स्थापित गरेपछि एनटीपीसीसँग थप १०० मेगावाट आयातका लागि प्रस्ताव मागिएको थियो। जनवरीदेखि मार्चसम्म तीन महिनाका लागि एनटीपीसीले प्रतियुनिट ६.६० भारुमा बिक्री गर्न तयार रहेको पत्र प्राधिकरणमा १५ डिसेम्बरमा दर्ता भएको थियो।

घिसिङ र सिलवालले सस्तो विकल्प बेवास्ता गर्दै महँगो दरमा पीटीसीसँग सम्झौता गरेका थिए। यसरी महँगोमा खरिद गर्दा प्राधिकरणलाई प्रतियुनिट ३४ पैसा बढी तिर्नुपरेको थियो। यससँगै विभिन्न शुल्क र प्रसारण लाइनको लागत समावेश गर्दा कुल घाटा ४३ करोड रुपैयाँ पुगेको छ।

विशेषज्ञहरूले यस विषयलाई व्यक्तिगत लाभ र सेटिङको स्पष्ट उदाहरणका रूपमा व्याख्या गरेका छन्। एनटीपीसीको प्रस्तावपछि घिसिङ–सिलवालको निर्णयमा नियतको सवाल उठेको छ।

विद्युत् व्यापारका जानकारले भने, “विद्युत् आयातको एउटै सम्झौतामा करोडौं गडबडी देखाइएको यो प्रकरणले नियमन र पारदर्शितामा ठुलो चुनौती प्रस्तुत गर्छ।”

यस विषयमा ऊर्जा मन्त्री कुलमान घिसिङले कुनै प्रतिक्रिया दिनु भएको छैन। स्रोत : अनलाइन खबर

प्रतिक्रिया