रास्वपा केन्द्रीय कार्यालयमा बालेन्द्र शाहको छोटो उपस्थिति, १० मिनेटमै बाहिरिए

ecopolinews.com

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएका बालेन्द्र शाह रास्वपाको केन्द्रीय कार्यालयमा छोटो समयका लागि उपस्थित भएका छन्।

शाह आज अपराह्न ३ बजेर ४३ मिनेटमा रास्वपा केन्द्रीय कार्यालय प्रवेश गरेका थिए भने १० मिनेटपछि, ३ बजेर ५३ मिनेटमा बाहिरिएका हुन्। आजै रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम तय भएको छ।

बैठकपछि पार्टी सभापति रवि लामिछाने, बालेन्द्र शाह र अन्य शीर्ष नेताहरू साँझ ५ बजे जनकपुरमा आयोजना हुन लागेको चुनावी कार्यक्रममा सहभागी हुन जाने तयारीमा रहेका छन्।

रास्वपा र बालेन्द्र शाहबीच पुस १३ गते ७ बुँदे सहमति भएको थियो। सो सहमतिअनुसार आगामी निर्वाचनमा शाहलाई रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाउने उल्लेख गरिएको छ।

प्रतिक्रिया