हमासको कब्जामा अझै २२ जना जीवित, नेपाली विद्यार्थी विपिन जोशी पनि सूचिमा

ecopolinews.com

२६ असोज, काठमाडौं । गाजामा हमासले अपहरण गरेका बन्धकहरूमध्ये २२ जना अझै जीवित रहेको विश्वास गरिएको छ । तीमध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि रहेका वासिङ्टन पोस्टले प्रकाशित गरेको नयाँ सूचिमा उल्लेख गरिएको छ।

गत वर्ष अक्टोबरमा हमासको आक्रमणका क्रममा अपहरणमा परेका बन्धकहरूमध्ये कतिपयको अवस्थाबारे लामो समय अनिश्चितता रहँदै आएको थियो। तर, वासिङ्टन पोस्टले उद्धृत गरेको इजरायली स्रोतका अनुसार हालसम्म जीवित रहेको विश्वास गरिएका २२ जनाको सूचीमा नेपाली विद्यार्थी जोशीको नाम पनि समावेश गरिएको हो।

यसअघि सीएनएनले प्रकाशित गरेको रिपोर्टमा २० जना मात्र जीवित रहेको उल्लेख गर्दै नेपाली जोशीको अवस्था “अज्ञात” बताइएको थियो। तर नयाँ विवरणले विपिनको सम्भावित जीवित अवस्थाप्रति नयाँ आशा जगाएको छ।

विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अन्य नेपाली विद्यार्थीहरूसँगै इजरायलको दक्षिणी क्षेत्रमा थिए। त्यसयता उनी बेपत्ता भएका थिए। नेपाली परिवार र सरकारबीच उनको अवस्था अझै खोजी भइरहेको छ।

प्रतिक्रिया