जोकोभिचलाई हराउँदै अल्काराजको ऐतिहासिक विजय, अस्ट्रेलियन ओपन २०२६ को उपाधि स्पेनको पोल्टोमा

ecopolinews.com

काठमाडौं । स्पेनका युवा टेनिस सनसनी कार्लोस अल्काराजले अस्ट्रेलियन ओपन टेनिस २०२६ को पुरुष सिंगल्स उपाधि जित्दै टेनिस इतिहासमा नयाँ अध्याय कोरेका छन्। आइतबार सम्पन्न फाइनलमा उनले सर्वाधिक सफल खेलाडी नोभाक जोकोभिचलाई ३–१ सेटले पराजित गर्दै करियरको सातौँ ग्रान्डस्लाम उपाधि हात पारे।


२२ वर्षीय अल्काराजले पहिलो सेट ६–२ ले गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पारे। उनले दोस्रो सेट ६–२, तेस्रो सेट ६–३ र प्रतिस्पर्धात्मक चौथो सेट ७–५ ले जित्दै उपाधि सुनिश्चित गरे।

१० पटक फाइनल खेलेर १० पटक नै अस्ट्रेलियन ओपन जितिसकेका जोकोभिच ११औँ फाइनलमा भने अल्काराजको आक्रामक खेलसामु टिक्न सकेनन्। यो जितसँगै अल्काराजले २२ वर्षकै उमेरमा चारैवटा ग्रान्डस्लाम (अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपन) जित्ने विश्वकै कान्छा खेलाडी बनेर कीर्तिमान समेत स्थापित गरेका छन्।

यो उपाधिले अल्काराजलाई वर्तमान टेनिस युगको सबैभन्दा चम्किलो स्टारका रूपमा थप मजबुत बनाएको छ, जहाँ अनुभव र युवाशक्तिको द्वन्द्वमा अन्ततः नयाँ पुस्ताले वर्चस्व स्थापित गरेको स्पष्ट देखिएको छ।

प्रतिक्रिया