राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त

ecopolinews.com
काठमाडौँ । देशको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअव) को प्रमुखमा टेकेन्द्र कार्की नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हुतराज थापाको अवकाशपछि रिक्त भएको प्रमुख पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशी र कार्कीबीच प्रतिस्पर्धा रहे पनि अन्ततः कार्कीले बाजी मारेका छन्। कार्की र जोशी दुवैजना २०५३ सालमा अनुसन्धान अधिकृतमार्फत सेवामा प्रवेश गरेका हुन्।

जुम्ला स्थायी घर भएका कार्की डेढ महिनाअघि मात्रै अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा पदोन्नति भएका थिए। उनको नियुक्ति प्रक्रियामा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको सक्रियता निर्णायक बनेको बताइन्छ।

उता, जोशीलाई कांग्रेस सभापति शेरबहादुर देउवाका सहयोगी भानु देउवाले समर्थन गरेका थिए। तर अन्तिममा कार्कीले नै विश्वास जित्दै अनुसन्धान विभागको नेतृत्व सम्हाल्ने अवसर पाएका छन्।

राष्ट्रिय अनुसन्धान विभाग हाल प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहेको छ।

प्रतिक्रिया